ग्रामिण भेगका प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड सेवा सुरु

0
368

प्रेमचन्द्र झा
राैतहट, चैत ६ । लामो प्रतिक्षा पछि जिल्लाका ग्रामिण भेगमा भिडियो एक्स-रे (अल्ट्रासाउन्ड ) सेवा शुरु भएकाे छ। प्राथमिक स्वास्थ्य केन्द्र गंगा पिपरामा दुर्गाभगवती गाउँपलिका अध्य्क्ष शम्भू सिंहले प्राथमिक स्वास्थ्य केन्द्र गंगा पीपरामा भीडियो एक्सरे (अल्ट्रा साउंड)को आईतबार एक कार्यक्रबिच उदघाटन गरेका हुन। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती महिलालाई घरदैलोमै भिडियाे एक्स-रे (अल्ट्रासाउन्ड )सेवा कार्यक्रम मार्फत उपलब्ध गराएको उपकरबाट सेवा आरम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले बताए । सरकारले उपलब्ध गराए अनुसार प्रतिफल आउने वडा नम्बर ३का अध्यक्ष डिके झाले विश्वास व्यक्त गरेका छन ।
सो उदघाटन कार्यक्रमा उपाअध्य्क्ष शिला देवी, वार्ड अध्य्क्ष प्रधुमन चौधरी, सुरेश चौधरी, रामानन्द यादव,धर्म नाथ चौधरी,स्वास्थ सयोंजक दिनेश महतो,सेवाग्राही तथा स्वास्थ्यकर्मीको उपस्तिथि थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here