Sunday, May 5, 2024

विवाहित पुरुषसँगको अफेयरको खुलासापछि मिस जापानले त्यागिन् ताज

ताजा / भरखरै प्राप्त

काठमाडौं । विवाहित पुरुषसँग अफेयर चलेको खुलासा भएपछि युक्रेनमा जन्मिएकी मिस जापान सौन्दर्य प्रतियोगिताकी विजेताले ताज त्याग्नुपरेको छ । एक जापानी ट्याब्लोइड अखबारले यो समाचारको खुलासा गरेको थियो ।

२६ वर्षीया क्यारोलिना शिइनोले दुई साताअघि मिस जापानको ताज जितेकी थिइन् तर उनको यो जितलाई लिएर सार्वजनिक बहस चलेको थियो । कतिपयले अंगीकृत नागरिकता लिएकी विजेतालाई स्वागत गरे भने कतिपयले उनले परम्परागत जापानी सौन्दर्यको आदर्शलाई प्रतिनिधित्व नगर्ने भन्दै विरोध गरे ।

यो विवादबीच त्यहाँको एक स्थानीय पत्रिकाले शिइनोको अफेयरको खबर प्रकाशित गरेको थियो । शुकान बुनशुन अखबारको लेखमा सुश्री शिनोले विवाहित र प्रभावशाली डाक्टरसँगको सम्बन्धमा रहेको बताएको छ । तर ती व्यक्तिले कुनै सार्वजनिक टिप्पणी दिएका छैनन् ।

गत साता रिपोर्टको प्रारम्भिक प्रतिक्रियामा प्रतियोगिता आयोजकले शिइनोको बचाउ गर्दै आफूहरु उनी विवाहित भएकोबारे जानकारी नभएको बताएका थिए । यद्यपि सोमबार आयोजकले ती पुरुषको विवाह र परिवारको बारेमा थाहा पाएको स्वीकार गरे ।

मिस जापान एसोसिएसनका अनुसार शिइनोले गल्तीप्रति माफी माग्दै राजीनामा दिएको जनाएको छ । शिइनोले सोमबार एक विज्ञप्तिमा आफ्ना प्रशंसक र आम नागरिकसँग माफी पनि मागेकी छिन् । उक्त माफीपत्रमा उनले पछिल्लो विवादको कारण आफूले डर मानेको बताएकी छन् ।

‘मैले निम्त्याएको ठूलो समस्या र मलाई समर्थन गर्नेलाई धोका दिएकोमा म साँच्चै माफी चाहन्छु,’ उनले भनिन् । यससँगै यो वर्षभर मिस जापानको उपाधि खाली रहनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles