काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायस शिवपुरी जंगलमा दुर्घटना

0
100

असोज १४ । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायस शिवपुरी जंगलमा दुर्घटनामा परेको छ।

दुर्घटनामा १२ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएको छ। 

हायसमा चालकसहित १८ जना सवार रहेकोमा अरु सकुशल छन्।

ग १ ख ४५३५ नम्बरको हायस पल्टिएर रुखमा अड्किएका कारण ठूलो क्षति हुन नपाएको उनले बताए। 

झ्याप्लेखोलामा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट हायस नुवाकोट हुँदै लमजुङतर्फ लागेको थियो। तर चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here