–मनिता राना

हेटौंडा–निर्वाचनको मिति नजिकिएस“गै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । स्थानीय तहको चुनाव आउन अब केही दिनमात्र बा“की भएस“गै उम्मेद्वारहरु आआफ्नो घोषणापत्रको साथमा जनताको घरदैलोमा पुगिरहेका छन् ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले अब शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि ध्यान दिनु जरुरी देखिन्छ । अब नया“ जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य र रोजगारीलाई महत्व दिनु आजको आवश्यता हो । बिगतमा कोरोनाले लथालिंग बनाएको शिक्षाक्षेत्रलाई अब स्थानीय सरकारले विशेष पहल र जोड दिनुपर्दछ ।

शिक्षा क्षेत्रस“गै त्यसमा जोडिने गुस्तरीय शिक्षा, स्वच्छ खानेपानी, शौचालय, स्वास्थ्यप्रति बढी ध्यान दिनु नितान्त जरुरी देखिन्छ । शिक्षास“गै रोजगारीको पनि व्यवस्था हुनसके सुनमा सुगन्ध हुने देखिन्छ ।

शिक्षाक्षेत्र अव्यवस्थित छ । स्थानीय सरकारले यसलाई व्यवस्थित गरिदिए अझ सहज हुने थियो । अब आउने स्थानीय जनप्रतिनिधिले उनीहरुका काम, कर्तव्य, आचारसंंिहता र तोकेको अधिकार प्रयोग गरी व्यवस्थित गरिदिनुहुन्छ भन्ने आशा राखेको आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठाले बताए ।

स्थानीय तहका प्रतिनिधिले जिते पछि गाविस, वडा, नगरपालिका, उपमहानगर पालिकामा सबै क्षेत्रमा बढी ध्यान दिनु आवश्यक छ । ‘शिक्षाक्षेत्रमा शिक्षाको स्तरोन्नतिको योजना र शिक्षा क्षेत्रको बजेट छुट्याएर हरेक गतिविधि गर्ने गरियो भने शिक्षाक्षेत्रलाई पनि केही मात्रामा टेवा पुग्दछ । शिक्षाक्षेत्रलाई उकास्न उनीहरुले बढी एक्सोज हुने किसिमका कार्यक्रम ल्याउनु आवश्यक छ,’, शिक्षक राजाराम पोखरेलले बताए ।

शिक्षाक्षेत्र हाल पछाडि पारिराखेकै अवस्था छ । स्थानीय सरकारले संस्थागत र सामुदायिक दुवै विद्यलयको शक्तिलाई एकसाथ अगाडि लैजाने हो भने समग्रमा शैक्षिक विचार सुनिश्चित हुनसक्ने शिक्षक छवि अनित्यले बताए ।

अब आउने सरकारले शैक्षिक क्षेत्रमा कम्तिमा पनि १२ कक्षासम्म निःशुल्क पढाइ गरिदिए राम्रो हुन्थ्यो भन्ने लागेको छ । जेहेन्दार र गरिब विद्यार्थीका लागि अनिवार्य छात्रवृत्ति पाइयोस्् भन्ने लागेको छ । विद्यालयमा ड्रेसदेखि अनिवार्य सामग्री सरकारीस्तरबाट उपलव्ध भए हुन्थ्यो भन्ने लागेको हेटौंडा–११ का एक अभिभावकले बताए ।

समुदायका कतिपय व्यक्तिहरु अझै पनि शिक्षाबाट बञ्चित हुनुपरेको छ । अशिक्षाका कारण हाल पनि लाखौं युवा विदेशिन बाध्य भएको देखिन्छ । हालको समयमा पनि प्राथमिक विद्यालयसमेत उपलव्ध छैन । त्यसले गर्दा एउटा असल व्यक्ति बनाउन शिक्षा अति आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here